फिल्म ‘महाभोज’को ‘लालुमै’मा निश्चलको स्वर


फिल्म ‘महाभोज’मा निर्देशक, कलाकार तथा गायक निश्चल बस्नेतले स्वर भरेका छन् । फिल्ममा समावेश ‘लालुमै’ शीर्षकको एक गीतमा उनले स्वर भरेका हुन् । यो गीतमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको संगीत छ । निश्चलले दिनेश राउतले निर्देशन गरेको फिल्म ‘पर्व’को ‘काले दाई काले दाई’मा पनि स्वर दिएका थिए ।फिल्मका निर्माता हिमाल कडरियाले निश्चलकै स्वर उपयुक्त भएका कारण उनलाई नै रोजिएको बताए । निश्चल ‘लालुमै’मा नयाँ परिचय लिएर आउने उनको दाबी छ ।

यो फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, वुद्दि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय छ ।क्लक वर्क क्रियशनको र पिक्चर फ्रेमको संयुक्त व्यानरमा निर्माण भएको यो फिल्ममा विकास सुवेदीको लेखन छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । यो फिल्मलाई जेठको १५ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *