पारस र सिम्रनको शट सँगै ‘होस्टेल ३’को सुटिङ सुरु


घोषणादेखि नै चर्चामा रहको फिल्म ‘होस्टल’को छायाङ्कन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा आइतबार शुभमुहूर्त गर्दै निर्माण पक्ष छायाङ्कनमा निस्किएको हो ।

फिल्ममका मुख्य कलाकार पारस बम ‘कुल ब्वाई’ र सिम्रन पन्तले मुहूर्त सट दिएका हुन् । निर्देशक सशान कँडेलका अनुसार भक्तपुरको बोडेमा पहिलो चरणको छायाङ्कन हुनेछ । त्यहाँ २५ दिनको छायाङ्कन तालिका रहेको उनले बताए । दोस्रो चरणको छायाङ्कन भने तिहारपछि हुने बुझिएको छ ।यस फिल्ममा पारस र सिम्रनसहित रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटीलगायतका कलाकार मुख्य भूमिकामा छन् । मुख्य भूमिकामा रहेका धेरैको यो डेब्यू फिल्म हो ।

आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने यो फिल्मको जापान, मध्यपूर्व, र मलेसियाका लागि वितरण अधिकार पहिले नै बिक्री भइसकेको छ। यो फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक सशान कँडेलकै हो।

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्ने यो फिल्ममा अर्जुन तिवारी डिओपि, सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री हुन्। मुख्य सहायक निर्देशक सुदिप कुँवर छन्। कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह-निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

‘होस्टेल’ शृङ्खलाले नयाँ कलाकारहरूलाई नेपाली फिल्म उद्योगमा स्थापित गराउँदै आएको ‘होस्टेल’ ‘होस्टेल रिटर्न्स’ दुवै फिल्मले घरेलु बक्स अफिसमा सफलता हासिल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *