सुडानका महिला तथा बालबालिकालाई विशेष सुरक्षा आवश्यक


मुलुकमा व्याप्त गृहयुद्धबाट ग्रसित सुडानी महिला तथा बालबालीका खाना, पानी र सुरक्षाका लगायतका आधारभूत आवश्यकताबाट वञ्चित रहेकाले उनीहरूलाई विशेष सुरक्षाको आवश्यकता रहेको राष्ट्रसङ्घका अधिकारीले बताएका छन् ।

सुडानमा चलिरहेको द्वन्द्व मानवता विरोधी द्वन्द्वको भयानक स्वरुप भएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषकी क्षेत्रीय निर्देशक लैला बेकरले बताए ।

उनले द्वन्द्वग्रस्त क्षेत्रमा सफा पानी , स्वच्छता तथा खानाका लागि पर्याप्त खाना र चिकित्सा सेवा अभाव रहेको बताएका छन् ।   सुडानमा चलेको १६ महिना भन्दा बढीको युद्धले दशौं हजार मानिसहरूको ज्यान लिनुका साथै एक करोड भन्दा बढीलाई विस्थापित गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । 

सुडानी महिला तथा बालबालिकाहरूले द्वन्द्वसँगै शारीरिक तथा मानसिक हिंसा भोग्न बाध्य रहेको उल्लेख गर्दै उनले उनीहरूलाई सहज जीवनयापनको लागि विशेष सहयोगको आवश्यकता रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *