प्रतिनिधि सभा विघटन गर्नु देशमा आगो लगाए सरह होे


काठमाडौं । पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले देशमा आगो लाग्दा काँग्रेस भने निभाउनको साटो खरानीका लागि दौडिन थालेको आरोप लगाएका छन्। आइतवार बिहानै सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाबुरामले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुपुत्रको संज्ञा दिँदै यस्तो आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नु देशमा आगो लगाएसरह भएको उनको भनाई थियो। प्रतिनिधि सभा विघटन गरेसँगै सरकारले निर्वाचनसमेत घोषणा गरिसकेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसबेलामा निर्वाचनमा गए फाइदा नै हुने भएकाले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिइसकेको छ। प्रतिनिधि सभा विघटन असंवैधानिक भने पनि काँग्रेसले यसको पुनर्स्थापना हुनुपर्छ भन्ने विषयमा भने खासै जोड दिएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिले नै बोल्नु उचित नहुने बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *