संसद विघटन गर्नु सरकारको असफलता : मोहन वैद्य


काठमाडौँ ।मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०ले संसद विघटन गर्नु सरकारको असफलता भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको दम्भका कारण संसद विघटन भएको समेत बताए ।उनले संसद विघटनपछि मुलुक थप संकटमा पुगेको र उपलब्धि नै गुम्ने खतरा सिर्जना भएको तर्क गरे । संविधान अनुसार सरकार बनाए पनि नेकपाले संविधानलाई नै प्रहार गरेको उहाको भनाइ छ ।

वर्तमान संकटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति संघीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *