रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने


रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी मंसिरमा गर्न लागिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ।

देशभरमा ३५ रिक्त स्थानीय तहहरूमा रास्वपाले सहभागिता जनाउने निर्णय लिएको पार्टी प्रवक्ता मनिष झाले बताए ।

‘आजको बैठकले स्थानीय तह उपनिर्वाचनमा रास्वपा सहभागी हुने निर्णय गरेको छ। यो हामी सबैको साझा निर्णय हो’, उनले भने, ‘स्थानीय तहमा पनि पार्टी बलियो बनाएर संगठनात्मक स्वरूपलाई पनि बिस्तार गर्दै निर्वाचनमा सहभागी हुनेछौं।’

रास्वपाले प्रतिनिधिसभा निर्वाचनबाहेक अहिलेसम्म कुनै पनि निर्वाचनमा सहभागिता जनाएको छैन। तर स्थानीय तह निर्वाचनमा भने रास्वपाले पहिलोपटक सहभागिता जनाउन लागेको हो ।निर्वाचन आयोगले सरकारसँगको परामर्शपछि आगामी मंसिर तेस्रो साता देशका ३५ तहमा रिक्त जनप्रतिनिधिका लागि उपनिर्वाचन गर्ने तयारी थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *