झिनो अंकले बढेर बन्द भयो नेप्से


बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से २.११ अंकले बढेर दुई हजार ९ सय ६८ दशमलव ४४ विन्दुमा बन्द भएको हो ।आज नेप्सेमा १८ अर्ब ९० करोड ६३ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १०० वटाको बढेको छ भने १४० वटा कम्पनीको शेयरमूल्य घटेको छ । चार कम्पनीको शेयरमूल्य आज स्थिर रहेको छ ।

आज चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । जसमा कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावर कम्पनी लिमिटेड रहेका छन् । यसक साथै आज पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।  कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ६६ करोड २ लाख बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *