‘माओवादीले प्रतिगमनको हल्ला चलायो’


सरकारका प्रवक्ता एवम्‌ सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारबाट बाहिरिनुपरेपछि माओवादीले प्रतिगमनको हल्ला चलाएको बताएका छन्‌ ।

तमु सञ्चारकर्मी संघ नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले कांग्रेस–एमाले मिल्दा प्रतिगमन हुन्छ भन्ने हल्ला चलाएर माओवादीले सरकारबाट हट्नुपर्दाको पिडा व्यक्त गरेको बताएका हुन्‌ ।

पटकपटक सरकार परिवर्तनको प्रयोग भएपछि मुलुकमा स्थिरता कायम गर्न ठूला दुई दल मिल्नुपरेको मन्त्री गुरुङले तर्क गरे । उनले मुलुकको परिवर्तनमा सबै दलको भूमिका महत्वपूर्ण रहेको भन्दै उपलब्धि मास्ने काम कसैले नगर्ने दाबी पनि गरे ।

गुरुङले कुनै दलको स्पष्ट बहुमत नआउँदा मुलुकमा देखिएको अस्थिरता अन्त्य गर्न निर्वाचन प्रणाली परिवर्तनको बहस चल्नु स्वभाविक भएको भन्दै यसका कारण कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *