अफ्रिकामा जनवरीयता १८ हजारभन्दा बढी मानिसमा मंकीपक्स पुष्टि


एकै हप्तामा एक हजार २०० जनामा एमपक्स (मंकीपक्स) पुष्टि भएसँगै सन् २०२४ जनवरीयता अफ्रिकामा कुल १८ हजार ७३७ जनामा उक्त भाइरसको संक्रमण फेला परेको अफ्रिकी युनियन स्वास्थ्य एजेन्सीले शनिबार जनाएको छ ।

स्वास्थ्य विभागको तथ्यांकानुसार, भाइरसको तीन भेरियन्ट छन्, तीमध्ये एउटा अत्यधिक घातक, अधिक संक्रामक ‘क्लेड–१ बी’ हो । पछिल्लो समय बढिरहेको एमपक्स संक्रमणलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले  बुधबार अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।

हालसम्म १२ अफ्रिकी सदस्य राष्ट्रबाट तीन हजार १०१ घटना पुष्टि हुनुका साथै संक्रमणका कारण ५४१ जनाको मृत्यु भएको रोग नियन्त्रण र रोकथामका निम्ति अफ्रिका केन्द्र (सीडीसी)ले विज्ञप्तिमार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *