विराजको ‘१२ गाउँ’ पनि फूलपातीमै, प्रतिस्पर्धामा तीन फिल्म


अभिनेता विराट भट्टका छोरा समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ असोज २४ अर्थात् फूलपातीका दिन प्रदर्शनमा आउने भएको छ । विराजले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी दिएका हुन् ।

एक्सन जनरामा बनेको यो फिल्ममा विराजकै निर्देशनमा तयार भएको हो । यसमा उनी नायकको भूमिकामा पनि छन् । उनले खबरहबसँग भनेका भने, ‘दर्शकले हामी बुवा–छोराकै एक्सन देख्न पाउनुहुन्छ ।’यससँगै विराजको फिल्मले हलमा दीपक–दीपको ‘छक्का पञ्जा–५’, जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहने ‘ज्वाइँ साब’सँग हलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
यस फिल्ममा विराट र समीरसहित न्यान्सी खड्का र सनिशा भट्टराईको मुख्य भूमिका रहेको छ ।

दसैंमा दुई–तीन फिल्म लाग्नु सामान्य विषय रहेको विराजको बुझाइ छ । अन्य सामान्य दिनमा समेत फिल्महरुले हलमा प्रतिस्पर्धा गर्दा दसैंमा तीन फिल्म लाग्नु ठूलो विषय नरहेको उनको तर्क छ ।

उनी भन्छन्, ‘कसैसँग फिल्म हामीले जुधाएको हैन । लामो बिदामा दर्शकमाझ फरक स्वाद फिल्म लिएर जाने मेरो चाहाना हो । फिल्म त अन्य दिनमा पनि एकसाथ प्रदर्शन भएका छन् नि ।

आफ्ना पूराना दर्शकलाई भेट्न उपयुक्त अवसर छोड्न नचाहेको उनको अर्को तर्क छ । भन्छन्, ‘मेरो फिल्म किशोर अवस्थमा हेर्ने दर्शकहरु अहिले ठूलो भइसक्नुभयो । विदेश भए पनि दसैंमा नेपाल आउनुहुन्छ । उहाँहरु परिवारसँग मेरो फिल्म हेर्न आउनुहुन्छ ।’

त्यस्तै, समीरको अर्को फिल्म ‘बलिदान’को छायांकन र प्रदर्शनकाे समय तालिकालाई मध्यनजर गरेर प्रदर्शन मिति तय गरेको उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *