युनिलिभर नेपालले कमायाे एक अर्ब ९७ करोड खुद नाफा


युनिलिभर नेपाल लिमिटेडले चालू आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ९७ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब ८३ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गतवर्ष ७ दशमलव ६३ प्रतिशत बढी खुद नाफा गरेको हो ।  गत वर्ष कम्पनीको कुल आम्दानी भने २ दशमलव २३ प्रतिशत घटेको छ । आम्दानीसँगै खर्च रकम ५ दशमलव ८० प्रतिशत कम भएकाले खुद नाफामा सामान्य बृद्धि देखिएको हो । गत वर्ष कम्पनीले ८ अर्ब ४८ करोड रूपैयाँभन्दा बढी जम्मा आम्दानी गरेकोमा ६ अर्ब ६ करोड रूपैयाँभन्दा बढी जम्मा खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रूपैयाँ छ भने रिटर्न अर्निग ४ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर आम्दानी २ हजार १४३ रूपैयाँ ५४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार २८५ रूपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *