सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य पनि ओरालो


नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यो दिन तोलामा १०० रुपैयाँले गिरावट आएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार ८०० रुपैयाँमा कायम थियो ।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७१५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७२० रुपैयाँ कायम थियो । यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २७ हजार ७८५ रुपैयाँ तोकेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४७० रुपैयाँ ५० पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *