नेपाल लाइफले नौ महिनामा कमायो ६० करोड खुद नाफा


नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६० करोड ३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा २२ दशमलव २१ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ४९ करोड १२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष ९ दशमलव १४ प्रतिशत बढी कुल आम्दानी गरेको कम्पनीले ८ दशमलव ५९ प्रतिशत बढी कुल खर्च गरेको हो । यस वर्ष कम्पनीले ४२ अर्ब ७९ करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले ३९ अर्ब ७० करोड रूपैयाँभन्दा बढी कुल खर्च गरेको हो । गत वर्षको तुलनामा यस वर्ष ८ दशमलव ५० प्रतिशत बढी २९ अर्ब १२ करोड रूपैयाँभन्दा बढी खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले १० दशमलव २१ प्रतिशत बढी ३६ अर्ब ९ करोड रूपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रूपैयाँ रहेको छ । शेयर प्रिमियममा ४ करोड ३८ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निगमा ५४ करोड १२ लाख रूपैयाँभन्दा बढी रहेको छ । अदर इक्वीटी भने ५४ करोड १२ लाख रूपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ९ रूपैयाँ ७५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ भने १४८ रूपैयाँ ६५ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *