सुनको मूल्यमा प्रतितोला ५ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा भने केहि गिरावट आएको छ । महासंघका अनुसार गत शुक्रबार प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १७ सय २५ रुपैयाँ पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *