फिल्म ‘एक्टर’को छायांकन सुरु


फिल्म ‘एक्टर’को छायांकन शुक्रबारबाट सुरु भएको छ। पोखराको बिन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो। फिल्मको शुभसाइतमा नायक प्रदीप खड्का र नव–नायिका दिव्या रायमाझी उपस्थित थिए।

राजन भुसालको निर्देशन रहने एक्टरमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन्।

फिल्मको छायांकन पोखरामा १० दिन गरिनेछ भने बाँकी सम्पूर्ण छायाँकन काठमाडौंमा हुनेछ। थमन कुमारी भण्डारी यो फिल्मकी निर्मात्री हुन्।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा नरेन्द्र मैनालीले छायांकन रहनेछ। फिल्म आगामी कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *