दोस्रो चरणको आन्दोलन घोषणा गर्दै दाहाल-नेपाल समूह
काठमाडौँ । प्रतिनिधिसभा विघटनपछि विभाजन देखिएको सत्तारूढ नेकपाको दाहाल(नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।
आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने नेता हिमाल शर्माले जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक द्वन्द्वको सजाय जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई बनाएर असंवैधानिक काम गरेको भन्दै दाहाल-नेपाल समूह रूष्ट छ ।जनपरिचालन गर्दा चुनाव भइहाले त्यसको लाभ लिन पनि सकिने दाहाल नेपाल समूहको ठम्याई छ ।
संसद विघटनसँगै नेकपा विभाजित भएको थियो । वैधानिकतालाई लिएर दुवै पक्ष निर्वाचन आयोगमा पुगेका छन् ।