प्रभु लाइफको सेयर नेप्सेमा सूचिकृत

प्रभु लाइफ इन्स्योरेन्सको सर्बसाधारणको लागि जारी गरेको आइपिओ समेत गरी २ करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छ ।
पुस १७ गते कम्पनी र नेपाल स्टक एक्सचेन्जका बिचमा सुचिकरण सम्झौता भएको हो सोहि अनुसार नेप्सेले कम्पनीको सेयर सुचिकरण गरेको हो ।
नेप्सेमा सुचिकरण भएको दोस्रो दिनबाट कारोबार सुरु हुने नियम अनुरुप भोली सनिबार परेकाले प्रभु लाइफको दोस्रो बजार कारोबार आइतबारबाट सुरु हुने नेप्सेले जनाएको छ ।
कम्पनीले दोस्रो बजार कारोबारका लागि पिएलआई कोड पाएको छ भने पहिलो कारोबारका लगि न्युनतम १०९ रुपैयाँ ५६ पैसा देखि अधिकतम ३२८ रुपैयाँ ६८ पैसा तोकिएको छ । यहि रेन्जमा आधारित रहेर कम्पनीको आइतबार कारोबार हुनेछ ।