आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै


इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज कोलकोता नाइट राइडर्स र पञ्जाब किंग्सबीच खेल हुँदै छ ।

कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुँदै छ । जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ७ खेलमा ५ जितहासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा रहेको छ । कोलकोताले अहिलेसम्म २ खेलमा हार बेहोरेको छ ।

त्यसैगरी पञ्जाबले भने यस सिजनमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । अहिलेसम्म खेलेका ८ खेलमा ६ खेलमा हार बेहोरेको पञ्जाबले केवल २ खेलमा जित हासिल गरेको छ ।

कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् ।त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रहमतुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौँ स्थानमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *