घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


आज बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ५५ रुपियाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार ४ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १५ हजार ८६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय १९ रुपैया तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *