कोरोनाभाइरसको नयाँ भेरियन्ट आइपुग्यो चीन


कोरोनाभाइरसको संक्रमणको सुरुवात एक वर्ष अघि चीनबाट नै भएको थियो , त्यसपछि यो संसारभरी फैलिएको हो । कोरोनाभाइरसको नयाँ भेरियन्टका सबैभन्दा धेरै संक्रमित बेलायतमा भेटिएका छन् ।र अब नयाँ भेरियन्ट पनि चीन आईपुगेको छ। चाइनीज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक वक्तव्यलाई उद्धृत गर्दै यस्तो दाबी गरिएको छ ।
संसारका धेरैजसो देशले हाल बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएको छ । नयाँ भेरियन्ट पहिलाको तुलनामा ४० देखि ७० प्रतिशतसम्म तीब्र गतिमा फैलने बताइएको छ ।

चीनमा यो नयाँ भेरियन्ट एक २३ वर्षीयामा महिलामा भेटिएको हो । यी महिला बेलायतबाट चीन फर्किएकी थिइन् । चीनमा यो पहिलो मामिला हो तरपनि चीन यो विषयमा निकै सतर्क बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *