सत्ता छुटेको पीडामा कांग्रेस छाती पिटेर रुँदैछ


पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘रवि लामिछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफूतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ।’

आफू प्रधानमन्त्री भएको बेला शेरबहादुर तामाङ र गोकुल बास्कोटाको प्रसङ्ग थप्दै उनले भने,  ‘मैले बोलाई चिप्लेकै कारण शेरबहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर भएको केही पनि थिएन । नेपाली काँग्रेसका मन्त्री त झन्डा हल्लाउँदै अख्तियार गएका थिए, सबैले देखेको होइन, अनि अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने ?’

उनले का‌ंग्रेसले सरकार छोड्नुपरेको पिडामा छाती पिटिरहेको व्यङ्ग्यसमेत गरे ।  ‘काँग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पीडा हो । उसले सरकारबाट बाहिरिएको पिडामा छाती पिटेर रुँदै के भन्छ ? त्यसलाई धेरै महत्त्व दिइराख्नुपर्ने आवश्यकता छैन,’ अध्यक्ष ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *