ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनता नै सर्वोपरि भएको बताएका छन् । शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले यस्तो सन्देश दिएका हुन् ।
आफ्नो विरोध गर्ने व्यक्तिहरूलक्षित उनले फेसबुकमा एउटा स्ट्याटस पोस्ट गरेका छन् । ढाल्न, पाल्न सक्ने तागत जनतासँग मात्र भएको उनले त्यसमा उल्लेख गरेका छन् ।
कपिलवस्तु भन्दै पोस्ट गरिएको राजनीतिक सभासहितको तस्बिरसँगै उनले जनताबाहेक अरूले केही गर्न नसक्ने जनाएका छन् ।
“ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ । जनताबाहेकका अरू ‘जो कसैले’ रहर गरेर हुन्न… सक्दैनन्…,” उनले फेसबुकमा लेखेका छन्, “धन्यवाद, कपिलवस्तु ।”