प्रकृति संरक्षण साझा चासो र चुनौती : राष्ट्रपति पौडेल


राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानव जातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् । शनिबार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एकदिवसीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको विश्व जलवायु परिवर्तनलगायत वातावणीय चुनौतीहरू शिखरमा उभिएको बताए ।

राष्ट्रपति पौडेलले वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र अभिरुचीसमेत बढिरहेको दाबी गरे । उनले वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका विद्यमान चुनौती तथा अवसरलाई सुक्ष्म विश्लेषण गरेर नीतिगतदेखि कार्यान्वयन तहसम्म जानु पर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले वन्यजन्तुको बढ्दो संख्याले निम्त्याएको उचित व्यवस्थापनको समस्या, वन्यजन्तुमैत्री भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *