ललिता निवासको जग्गा प्रकरणमा आज फैसला आउने


ललिता निवासको जग्गा प्रकरणमा बिहीबार (आज) फैसला आउने भएको छ । विशेष अदालतले बुधबार नै फैसला सुनाउने बताइएपनि अबेर भएकाले हेर्दाहेर्दैमा राखिएको हो ।

गत माघ २ गतेदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दामा हिजो बहस सकिएपछि बुधबार नै फैसला सुनाउने तयारी थियो ।पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलगायत यस मुद्दामा तानिएका छन् ।

अख्तियार दुरुपयोग अनसुन्धान आयोगले २०७६ साल माघ २२ गते सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *