नेपाल आयल निगमलाई एक वर्षमा १३ अर्ब नाफा


काठमाडौँ । नेपाल आयल निगमले एक वर्षको अवधिमा करिब १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो ।

कोराना भाइरसको महामारीको प्रभावले इन्धन खपत कम हुँदा पनि निगमले झन्डै १३ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएको जनाइएको छ । निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार, मोतिहारी–अमलेखगञ्ज पेट्रोलयम पाइपलाईनबाट इन्धन आयात गरि ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दामी बढेपछि निगमको नाफा बढेको हो ।

निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलका अनुसार, ब्याज आमदामी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण आर्थिक वर्ष २०७६–०७७ मा निगमको नाफा बढेर १२ अर्ब ८७ करोड पुगेको हो ।निगमले आर्थिक वर्ष २०७५–०७६ मा ८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो ।

समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको पौडेलेको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *