मिथुन चक्रवर्ती अस्पताल भर्ना
भारतीय राजनीतिज्ञ एवं वरिष्ठ कलाकार मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् ।
छातीमा समस्या देखिएपछि ७३ वर्षीय चक्रवर्तीलाई शनिबार कोलकातको एक निजी अस्पतालमा भर्ना गरिएको हो ।
भारतीय सञ्चार माध्ययमका अनुसार छाती दुख्ने र असहज महसुस भएपछि अस्पताल पुगेका हुन् । अहिले उनको उपचार जारी छ ।
चक्रवर्तीका ठूला छोरा मिहोहका अनुसार अवस्था सामान्य रहेको भए पनि छाती दुख्नका कारण पत्ता लागेको छैन । उनी चिकित्सकहरु निगरानीमै छन् ।