गलत सुझाव दिएको भन्दै सल्लाहकारसँग राष्ट्रपतिको असन्तुष्टि
राष्ट्रपति रामचन्द्र पौडेल आफ्ना सल्लाहकारहरुसँग असन्तुष्ट बनेका छन् ।
उनले संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयको तीनवटा नागरिकता र तीन पासपोर्टका विषयमा आफूलाई यथार्थ जानकारी नदिएको र नियुक्तिका निम्ति अनावश्यक दबाब दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।कानुनी सल्लाहकार बाबुराम कुँवर र आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले पाण्डेयको पक्षमा ‘लबिइङ’ गरेको भन्दै पौडेलले असन्तुष्टि व्यक्त गरेका हुन् । कुँवरले पाण्डेय महान्यायाधिवक्ता कार्यालयमा आफूमातहत काम गरेको जानकारी गराउँदै ‘रोक्नुपर्ने कारण’ नभएकामा राष्ट्रपतिलाई सहमत गराएका थिए । उता नेपालले ‘भेगीय आधार’मा पाण्डेयको पक्षमा ‘लबिङ’ गरेका हुन् ।
शितल निवास स्रोतका अनुसार, पूर्व नायव महान्यायाधिवक्ता समेत रहेका कुँवरले नागरिकता र पासपोर्टका हकमा ‘वास्तविकता’ नबुझाएकामा राष्ट्रपतिको असन्तुष्टि रहेको हो ।