घट्यो युनिलिभर नेपालको खुद नाफा
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म युनिलिभर नेपाल लिमिटेडले ४२ करोड १० लाख रूपैयाँ खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको यस अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीको खुद नाफा करिब २४ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५५ करोड २५ लाख रूपैयाँभन्दा बढी रहेको थियो ।
गत वर्षको तुलनामा यस वर्ष कुल आम्दानी करिब १५ प्रतिशत कम भएको छ । गत वर्ष २ अर्ब २४ करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष १ अर्ब ९२ करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो ।
कुल खर्च पनि यस वर्ष करिब ११ प्रतिशत कम भएको छ । गत वर्ष १ अर्ब ५८ करोड रूपैयाँभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष १ अर्ब ४१ करोड रूपैयाँभन्दा बढी कुल खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रूपैयाँ रहेको छ भने रिटर्न अर्निग ३ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी ९१४ रूपैयाँ २२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार २१४ रूपैयाँ रहेको छ ।