प्रचण्डलाई धुँदाधुँदा साबुन र पानी सकियो तर उहाँ जस्ताको त्यस्तै : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई षड्यन्त्रकारी प्रवृत्ति छोड्न नमानेको बताएका छन्।काठमाडौंमा सुदूरपश्चिमका कार्यकर्ताको भेलामा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रताको अंगालो हाले पनि प्रचण्डले धृतराष्ट्रजस्तो अंगालो हालेको बताए।
‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने,’ राजधानीमा आयोजित आफू पक्षीय सुदूरपश्चिम प्रदेशको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षीणपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नु पर्ने होइन ?’राजनीति धोका मात्र होइन इमान्दारिताका साथ जनताका सेवा गर्नू हो भनेँ,’ उनले भने, ‘तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै।’