गठबन्धन सरकारको असफलताले मुलुक चरम संकटमा
नेकपा एमालेमा महासचिव शंकर पोखरेलले सरकारले नागरिकमा निराशा बढाउने काम गरेको बताएका छन् ।
शुक्रबार नेकपा एमाले म्याग्दीको जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले अहिलेको संकटको कारण नै गठबन्धन सरकार भएको बताए ।
देशको स्वाधीनता, स्वाभिमान र रक्षाको मामलामा इतिहासकै नालायक र कमजोर सरकारको रूपमा अहिलेको सरकार रहेको पोखरेलले बताए ।
सरकारको विकास निर्माणको काममा कुनै तत्परता नदेखिएको भन्दै उनले आलोचना गरे । उल्टो एमालेको पालामा सुरु भएको राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजनाको वर्तमान सरकारले बजेट कटौतीको काम गरेको उनले बताए । शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन अनेक क्षेत्रका बजेट गठबन्धन सरकारले कटौली गरेको पोखरेलले बताए ।
गठबन्धन सरकार जनताको सरकार नभएर भ्रष्ट, दलाल र तस्करहरूको सरकार भएको उनले बताए । केही दुई नम्बरी काम गर्ने व्यक्तिहरू सरकारको नजिक पुगेर मालामाल भएका उनको टिप्पणी छ । सरकारले अवैध अर्थतन्त्रको विकास गरेर देशमा व्यवसायको वातावरण बिगारेको उनको भनाइ छ ।
सरकारको तर्फबाट भएका सबै कमजोरी लुकाउन त्यसमा एमालेलाई जोड्ने प्रयत्न पटक पटक गरिएका भए पनि त्यो असम्भव भएको उनले बताए । एमाले सरकारमा नै नभएको बेलमा पनि एमाले माथि प्रहारको निशाना सोझ्याउने काम भएको भन्दै पोखरेलले आपत्ति जनाए ।
यो सरकार माथि अब जवरजस्त दबाब सिर्जना गर्न आवश्यक रहेको उ बताए । मुलुकलाई रसातलमा पुर्याउने गठबन्धनका विरुद्ध आँधीबेहरी ल्याउने पर्नेमा उनले जोड दिए ।