रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु


रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप तीनजना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको बताए ।

यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा–१ का रूपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम–५ इलामका गङ्गाराज मोक्तान तथा कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *