रवि लामिछानेको नेतृत्वमा रास्वपाले गर्‍यो ११३ किमि पैदल यात्रा


राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइको विरोध स्वरूप सुरु गरेको पैदल यात्रा सकिएको छ ।

नारायणगढ-बुटवल सडक निर्माणमा ढिलाइ भएपछि रास्वपाले दबाबस्वरुप यो पैदल यात्रा गरेको हो । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाको टोलीले नारायणगढदेखि बुटवलसम्मको सडक खण्डमा तीन दिन पैदल हिँडेका थिए ।रास्वपा नेता-कार्यकर्ताले ११३ किलोमिटरको बाटो तीन दिनमा पैदल हिँडेर पार गरेका हुन । रास्वपाको विरोध यात्राका क्रममा विभिन्न स्थानमा सर्वसाधारणले रास्वपाको टोलीलाई स्वागत पनि गरेका थिए । रास्वपाको पैदल यात्रामा उपसभापति डोलप्रसाद अर्याल, सांसदहरू निशा डाँगी, हरि ढकाललगायत अन्य केही केन्द्रीय सदस्य पनि सहभागी भएका थिए ।तीन वर्षमा सक्ने गरी २०७५ साल माघमा सम्झौता भएको यो सडक खण्डको पाँच वर्ष बितिसक्दा पनि ५० प्रतिशत काम सम्पन्न हुन सकेको छैन । सडक खण्डका लागि नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबिच सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *