चलचित्र ‘मेयर’को मेयर बन्दै खगेन्द्र लामिछाने


सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाको कथामा आधारित सिनेमा ‘मेयर’को मुख्य पात्रमा अभिनेता खगेन्द्र लामिछाने अनुबन्ध भएका छन् । उनले यो सिनेमामा मेयरको भूमिका निर्वाह गर्नेछन् ।

थापाको राजनीतिक यात्रालाई समेटेर कथानक चलचित्र बनाउन लागिएको हो । चलचित्र ‘मेयर’लाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् ।

निर्देशक खनालका अनुसार माघको दोस्रो साताबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

थापाको राजनीनिक यात्राका बारेमा सिनेमा बन्ने भए पनि यो पूर्ण बायोपिक भने नहुने निर्देशक खनाल बताउँछन् । उनले भने, “पूर्ण बायोपिक पनि हुने छैन् ।”

भरत ताल थापा मेयर भएपछि बनेको ताल हो । यो कृत्रिम ताल अहिले मधेस प्रदेशको प्रमुख गन्तब्य मध्यको एक हो । थापाले पूर्वाधार विकासमा उदाहरणीय काम गरेको धेरैले बताउने गरेका छन् । तर उनी आफैँमा विवादित व्यक्ति पनि हुन् ।

थापाको सकारात्मक र नकारात्मक दुवै पक्ष चलचित्रमा समेटिने निर्देशक खनालले बताए । सोही सर्तमा आफू चलचित्र बनाउन तयार भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *