‘पर्खी बसेँ तिमीलाई’ को दुई पोस्टर सार्वजनिक

निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पौष २७ मा प्रदर्शन गरिने तय भएको चलचित्रको दुई पोस्टर मध्ये एकमा प्रेम भाव देखाइएको छ भने, दोस्रोमा प्रेमले निम्त्याउने वेदना प्रस्तुत गरिएको छ । निर्देशक श्रेष्ठले ‘पर्खी बसे’ मार्फत नयाँ कलाकारका रुपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई प्रवेश गराएका थिए ।
यसपटक उनेल २७ औँ चलचित्रको रुपमा ‘पर्खी बसें तिमीलाई’ मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । सार्वजनिक दुई पोस्टरमार्फत एउटामा दुई कलाकारको प्रेम र अर्कोमा सम्पूर्ण कलाकारको भावना प्रस्तुत गरिएको निर्देशक श्रेष्ठले बताए । ‘यो विशुद्ध प्रेम कथानक चलचित्र हो । त्यसैले यसमा दुई नयाँ कलाकारलाई प्रवेश गराएका छौं । पर्खी बसेँ झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई चलचित्र उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्देशक श्रेष्ठले भने । अभिनेता किरण र अभिनेत्री रक्षाले अभिनय सिकेर चलचित्रमा डेब्यु गर्न लागेका हुन् ।