सांसद अमरेशकुमारले लगाए प्रधानमन्त्रीपुत्री माथि भ्रष्टाचारको आरोप
प्रतिनिधिसधभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालको नामै किटेर भ्रष्टाचारको आरोप लगाएका छन् । दाहालले व्यापारीसँग पैसा लिएको आफूसँग प्रमाण रहेको सांसद सिंहको दाबी छ ।
‘प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दहालले कुन–कुन ब्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ’ सांसद सिंहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’प्रधानमन्त्रीकी छोरीमाथि सार्वजनिकरुपमै आरोप लगाउनुभयो नि भने खबरहबको प्रश्नमा सांसद सिंहले भने, ‘यो आरोप होइन, मसँग प्रमाण नै छ, आज सांसदको लोगो फुकालेर एनसेलविरुद्ध सर्वोच्चमा आफैं बहस गर्न जाँदैछु, भोलि यसविषयमा कुरा गरौंला ।’