लोसपाको केन्द्रीय समिति बैठकलाई महतोले गरे बहिष्कार
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच विवाद चर्किएको छ । वरिष्ठ नेता महतोले आज केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन् ।
काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक केही बेरमा सुरु हुँदै छ । तर, महतोनिकट एक पदाधिकारीका अनुसार झन्डै ५० प्रतिशतभन्दा बढी नेता बैठकस्थलमा पुगेका छैनन् ।केन्द्रीय समितिमा पुराना नेताहरूलाई ठाकुरले नसमेटिएको भन्दै महतोले आपत्ति जनाएका हुन् ।