२० देशका नागरिकलाई बिना भिसा प्रवेश दिने इण्डोनेसियाको तयारी
इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागु गर्न लागेको छ ।
पर्यटनमन्त्री सान्डियागा उनोले बिहीबार सो नीतिबारे जानकारी गराएका हुन् ।
“फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ”, युनोले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगको भेटपछि पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
आधिकारिकरूपमा लागु गर्नुअघि सो नियमावलीलाई एक महिनाअगाडि नै अन्तिम रूप दिने उनले जानकारी गराएका छन् ।इन्डोनेसियाले सन् २०२४ मा एक करोड ४० लाख विदेशी पर्यटकहरू भित्र्याउने लक्ष्य राखेको छ । यदि त्यसो भएमा देशको अर्थतन्त्रमा २०० ट्रिलियन रुपैयाँसम्म योगदान पुग्नसक्ने अपेक्षा गरिएको छ ।