‘एनिमल’ले चार दिनमा कति गर्यो कलेक्सन ?
सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्र ‘एनिमल’ले चार दिनमा २४६ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । शुक्रबार रिलिज भएको चलचित्रले सोमबारसम्म २४६.२३ करोड कलेक्सन गरेको हो ।
बलिउड सिनेमाका ट्रेड एनलाइसिस्ट तरण आदर्शका अनुसार हिन्दी भाषामा मात्रै ‘एनिमल’ले २१६.६४ करोड कलेक्सन गरेको छ । बाँकी २९.५९ करोड भने साउथ इन्डियन भाषाको ‘एनिमल’ले कलेक्सन गरेको हो ।
बलिउडमा यो सिनेमाले शुक्रबार ५४.७५ करोड, शनिबार ५८.३७ करोड, आइतबार ६३.४६ र सोमबार ४०.६ करोड कलेक्सन गरेको हो ।
‘एनिमल’ बलिउडमा सबैभन्दा धेरै ओपनिङ बिजनेस गर्ने तेस्रो ठूलो सिनेमा बनेको छ । रिलिजको पहिलो दिन शुक्रबार बलिउडमा ५४.७५ करोड ओपनिङ कलेक्सन गर्दै ‘एनिमल’ सबैभन्दा धेरै ओपनिङ गर्ने तेस्रो ठूलो हिन्दी सिनेमा बनेको हो । यसको तीन दिनको कलेक्सनले ‘जवान’को तीन दिनको कलेक्सनलाई पनि उछिनेको छ ।