सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण गर्न मन्त्रालयको निर्देशन


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनीहरुलाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको छ ।

सामाजिक सञ्जाल कम्पनीहरुलाई “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०” अनुसार सञ्चालनमा आउन मन्त्रालयले निर्देशन दिएको हो ।यससँगै हाल सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मले मसिंर १५ गतेको मितिले तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्नेछ ।यस्ता कम्पनीहरुले सामाजिक सञ्जाल प्रयोगको सम्बन्धमा आएका गुनासो सम्बोधन गर्नका लागि नेपालभित्र सम्पर्क विन्दुको व्यवस्था गर्नुपर्नेछ ।

नेपालमा कार्यालय नभएका सामाजिक सञ्जाल प्लेटफर्म कम्पनीले तीन महिनाभित्र कार्यालय स्थापना गर्ने वा सम्पर्क बिन्दु तोक्नुपर्ने मन्त्रालयले बताएको छ ।

तीन महिनाभित्र सूचीकरण नहुने सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *