चलचित्र ‘१२ गाउँ’ बनाउँदै बिराज भट्ट


एक्सन स्टार बिराज भट्टले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले आफ्नो चलचित्रको नाम ‘१२ गाउँ’ राखेका छन् ।

चलचित्र एक्सन थ्रिलर जानरामा निर्माण हुने उनले जानकारी दिएका छन् । बिराज भट्ट फिल्म प्रोडक्सनद्वारा चलचित्र निर्माण हुने उनले जानकारी दिए पनि थप खुलाएका छैनन् ।

यसअघि उनले चलचित्र ‘साङ्लो’ निर्माण गरेका थिए । यसको निर्देशक बिराज स्वयंले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *