सरकारले बदमासी गर्न सक्ला तर, न्यायालयमा हुँदैन : देउवा
भक्तपुर।भक्तपुरको क्षेत्र नम्बर १ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले यस्तो विषयमा नबोल्ने चलन पहिलेदेखि नै रहेको बताएका हुन्।
अदालतको विचारधीन केसमा हामी बोल्ने कुरा छैन। न यता न उता। अदालतमा धम्की दिने हाम्रो बानी छैन। यो पहिलेदेखिकै चलन हो सभापति देउवाले भने, सरकारले बदमासी गर्न सक्ला। संसदले बदमासी गर्न सक्ला। तर, न्यायालयमा हुँदैन।
सर्वोच्चले जस्तोसुकै निर्णय गरे पनि त्यो काँग्रेसले मान्ने उनको भनाई थियो। निर्णय हाम्रो पक्षमा होस् या विपक्षमा हामीले मान्नुपर्छ।
संसद विघटन अलोकतान्त्रिक कदम भएको उल्लेख गर्दै यसमा विरोध जारी रहने उनको भनाई छ।