अल्लु अर्जुनले आफ्नो पारिश्रमिक १७ गुणा बढाए


दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको डिमान्ड यति बेला निकै बढेको छ । तेलुगु फिल्म पुष्पाको सफलतापछि अल्लुले आफ्नो ब्रान्ड इन्डोर्समेन्टको पारिश्रमिक १७ गुणा बढाएका हुन् । पुष्पा आउनु अघि अर्जुनले एक दिनको सुट गर्न ३५ लाख भारतीय रुपैयाँ पारिश्रमिक लिन्थे । 

तर अहिले कुनै पनि प्रडक्टको एन्डोर्समेन्टका लागि उनले एक दिनकै ६ करोड भारतीय रुपैयाँ चार्ज गरिरहेका छन् । यो रकम कुनै पनि दक्षिण भारतीय अभिनेताले लिएको सबैभन्दा धेरै फिस हो। अल्लु जस्तै गरी एउटै फिल्मबाट चर्चित बनेका अन्य कलाकारहरूले पनि २ वर्ष अघिको भन्दा ८ गुणा धेरै फिस लिइरहेका छन् ।

पुष्पाको अभूतपूर्व सफलतापछि अल्लु कयौँ ठूला ब्रान्डका अनुहार बनेका छन् । यसमा केही स्वदेशी र विदेशी ब्रान्डहरू पनि छन् । उनले हालै मात्र कोका-कोला, एएफसी, जोमाटो र रेड बससमेत ६ ओटा नयाँ ब्रान्डसँग डिल साइन गरेका छन् ।

यस अघि अल्लु अर्जुनले पान मसला ब्रान्डलाई प्रवर्द्धन गर्ने अफर अस्वीकार गरेका थिए । कम्पनीले उनलाई १० करोड रुपैयाँको डिल अफर गरेको थियो । दर्शकसामु आफूले गलत चिजको प्रमोट गर्न नचाहेको भन्दै उनले सो अफर लिएनन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *