तीन दिनमा उपत्यका छोड्नेको संख्या एक लाख ७६ हजार


काठमाडौं उपत्यका छोडेर बडादसैँ मनाउन आफ्नो छातथलो जाने क्रम सुरु भइसकेको छ । घटस्थापनादेखि दसैँको तेस्रो दिन मंगलबारसम्म कुल एक लाख ७६ हजार ५५२ जना सडकमार्ग हुँदै बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

थप ८७ हजार ६०६ जनाले विभिन्न ठाउँमा जान टिकट बुकिङ गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टले जानकारी दिए ।

उपत्यका छोडेर घर फर्कने यात्रीका निम्ति ट्राफिक प्रहरीले विभिन्न ठाउँमा सहायता डेस्क सञ्चालन गरेको छ । लामो सवारीसाधनमा दुई चालक र टाइम कार्ड अनिवार्य गरिएको छ ।

चाडपर्वमा सवारी दुर्घटना रोक्न सवारी चेकिङमा समेत कडाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुवेर कडायतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *