शाहरुखलाई धम्की आएपछि सुरक्षा व्यवस्था कडा
बलिउड अभिनेता शाहरुख खानलाई धम्की आएको छ। धम्की आएपछि उनको सुरक्षा व्यवस्था कडा गरिएको छ।इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार शाहरुखलाई हालै केही धम्की आएको थियो जसका कारण उनको सुरक्षा कडा पारिएको छ।
शाहरुख स्टारर फिल्म ‘पठान’ यस वर्ष जनवरीमा रिलिज भएको थियो। यही क्रममा उनलाई धम्की आएको थियो। मुम्बई प्रहरीले उनलाई सुरक्षा दिएको थियो।
महाराष्ट्र राज्यको गुप्तचर विभागले हालै यसबारे जानकारी दिएको छ। त्यसपछि शाहरुख खानलाई वाई प्लस सुरक्षा दिने निर्णय गरेको छ।
वाई प्लस सेक्युरिटी अन्तर्गत शाहरुखले ११ जना पर्सनल सेक्युरिटी स्टाफ पाउनेछन्। जसमा ६ कमाण्डो, ४ प्रहरी र १ ट्राफिक क्लियरिङ गाडी हुनेछन्।