केकी र रीमालाई लिएर फिल्म ह्याप्पी डिभोर्स बनांउदै विमलेश


अभिनेता तथा मोडल विमलेश अधिकारी अब निर्देशक बन्ने भएका छन्।उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने फिल्मको शिर्षक तथा मुख्य कलाकारसहितको टिम चिनाएका छन्।उनले निर्देशन तथा अभिनय गर्ने फिल्मको नाम ‘ह्याप्पी डिभोर्स’ राखिएको छ। फिल्ममा उनीसहित केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भुमिका रहनेछ। सन् २०२४ को जनवरीमा फिल्म छायांकनमा जानेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *