नयाँ स्वरुपको कोरोना भाइरस,फ्रान्समा पनि भेटियो
स्वास्थ्य मन्त्रीलाई उल्लेख गर्दै बीबीसीले बताए अनुसार फ्रान्समा नयाँ स्वरुपको कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको छ। बेलायतमा फैलिएकै नयाँ किसिमको भाइरस त्यहाँ पनि देखिएको हो।नयाँ किसिमको भाइरस पहिलेकोभन्दा ७० प्रतिशत बढी संक्रामक भएको वैज्ञानिकहरूको ठहर छ।
बीबीसीका अनुसार संक्रमित फ्रान्सेली नागरिक हुन्। उनी डिसेम्बर १९ मा बेलायतबाट फर्किएका थिए। उनलाई कोभिड-१९ को कुनै पनि लक्षण देखिएको थिएन। घरमै आइसोलेसनमा बसेका थिए।फ्रान्सले बुधवार मात्र त्यहाँ जारी प्रतिवन्ध खुला गरेको थियो।
यात्रा अघि कोरोना परीक्षण भने अनिवार्य गरेको थियो।
कोभिड-१९ का फरक फरक लक्षण र असरहरू देखिन सुरु भएका छन्।