बायोपिकमार्फत् कमब्याक गर्दैछन् आमिर खान
बक्स अफिसमा ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर खान बलिउड फिल्म इन्डस्ट्रीबाट टाढा थिए।तर अब उनले सन् २०२४ मा कमब्याक गर्ने निर्णय गरेका छन्। उनको फिल्म अर्को वर्ष क्रिसमसमा रिलिज हुँदैछ। फिल्मको नाम तय नभए पनि यो फिल्म चर्चित वकिल उज्ज्वल निकमको बायोपिक बन्ने बताइएको छ।
आमिर आफ्नो ब्यानरमा धेरै फिल्ममा काम गरिरहेका छन्। यो बायोपिकलाई उनको अर्को फिल्मको रूपमा फाइनल गरिएको बताइएको छ्। यो आमिर खान प्रोडक्सनको १६औं फिल्म हुनेछ। फिल्म अहिले प्रि-प्रोडक्सन चरणमा छ।
जनवरी ०२४मा छायांकन गर्ने योजना छ।
यो फिल्मबाट आमिर खान फर्किने अनुमान गरिएको छ। गत वर्ष, लाल सिंह चड्ढा भन्दा पहिले उनको ‘ठग्स अफ हिन्दोस्तान’ पनि बक्स अफिसमा फ्लप भयो।
आमिर खानले ‘लाल सिंह चड्ढा’मा नकारात्मक टिप्पणीको सामना गर्नुपरेको थियो।