डुंगा दुर्घटना हुँदा इटालीमा ४१ आप्रवासीको मृत्यु


इटालीको लाम्पेडुसा टापुमा डुंगा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

घटनामा ज्यान जोगाउन सफल चारजनाले उद्धारकर्तालाई ट्युनिसियाको स्फ्याक्सबाट इटालीको यात्राका क्रममा डुंगा डुबेको बताएका छन् ।

उत्तर अफ्रिकाबाट युरोप जाने बाटोमा यो वर्ष हालसम्म एकहजार ८०० भन्दा बढीले ज्यान गुमाएका छन् ।

बाँचेका तीन पुरुष र एक महिलाले उद्धारकर्तालाई तीन बालबालिकासहित ४५ जना डुंगामा सवार रहेको बताएका छन् ।

करिब ७ मिटर लामो डुंगा गत हप्ताको बिहीबार स्फ्याक्सबाट हिँडेको र ठुलो छालले ठक्कर दिएपछि केही घण्टामै डुबेको उनीहरूले बताएका छन्।

डुंगामा सवार १५ जनाले मात्र लाइफ भेस्ट लगाएको बुझिएको छ । उनीहरूले कार्गो पानी जहाजले आफ्नो उद्धार गरेको र त्यसपछि इटालियन तटरक्षक जहाजमा सारिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *