संवैधानिक परिषदको बैठक बस्दै
संवैधानिक परिषद्को बैठक आज बस्दै छ। बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।
आजको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ ।
पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरुबीच सहमति नजुट्दा लामो समयदेखि परिषदको बैठक बस्न सकेको छैन ।