राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्टीकरणको मौका नै नदिई राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बसाउन खोजिएको टिप्पणी गरेका छन् । इटाली भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।सुन तस्करी प्रकरणमा नेकपा ९एमाले०ले अर्थमन्त्री डा। प्रकाशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्र्र्र्दै संसद् अवरोध गरेको विषयप्रति उनले असन्तुष्टि व्यक्त गरे । केही दिनअघि एमालेले प्रधानमन्त्री प्रचण्डको पनि राजीनामा मागेको थियो ।

“राजनीतिक उद्देश्यको निम्ति हत्त न पत्त प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन,” उनले भने ।स्पष्टीकरणको मौका नै नदिई राजीनामा नदिए सदन चल्न नदिने निर्णय गर्ने कल्चर उचित नभएको उनको भनाइ छ ।

“प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीको स्पष्टीकरण दिने मौका पनि नदिई राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिल्यै घोषणा गर्ने राजनीति कल्चरले हामीलाई राम्रो ठाउँतिर लाँदैन,” प्रधानमन्त्रीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *